दफा १२
बिबरण सच्याउन सक्ने
(१) परिचयपत्रमा उल्लिखित विवरणमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नु पर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोकिए बमोजिमको ढाँचामा तोकिएको निकाय वा अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको निवेदनको आधारमा विवरण सच्याउन सकिनेछ।

(३) यस दफा बमोजिम विवरण सच्याउँदा परिचय नम्बर परिवर्तन हुने छैन।